सोमबार, कार्तिक १७ गते २०८३
images
images

मुकुल ढकाललाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने रास्वपाको निर्णय

एक्सप्रेस पाना
आषाढ २५, २०८१ मंगलबार
  • 257
    SHARES
  • मुकुल ढकाललाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने रास्वपाको निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा.मुकुल ढकाललाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको छ ।

    images

    मंगलबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

    अनुशासन समितिले ढकाललाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरेपनि केन्द्रीय समितिले उनलाई साधारण सदस्यबाट भने नहटाउने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए । 

    images

    केन्द्रीय समितिले ढकाललाई केन्द्रीय समितिको निर्णय चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदन सक्ने निर्णय गरेको छ ।

    असार २० गते बुधबार बसेको केन्द्रीय समितिले ढकाललाई सात दिनका लागि महामन्त्री र प्रवक्तबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।