सोमबार, कार्तिक १७ गते २०८३
images
images

सरकारलाई सदनप्रति उत्तरदायी हुन प्रमुख सचेतक लेखकको आग्रह

एक्सप्रेस पाना
आषाढ २५, २०८१ मंगलबार
  • 235
    SHARES
  • सरकारलाई सदनप्रति उत्तरदायी हुन प्रमुख सचेतक लेखकको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अविरल वर्षाका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।  

    images

    मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सचेतक लेखकले  देशभर बाढीपहिरो र डुबानबाट आजसम्म ७४ जनाको निधन, ६ जना बेपत्ता र ८६ घाइते भएका तथा अर्बौंको क्षति भएकोे बताए । 

    उनले बाढीपहिरो र डुबानबाट भएको क्षतिका बारे पत्रपत्रिका पढेर सदनमा सुनाउनुपरेको उल्लेख गर्दै सरकारले यस सम्बन्धमा संसदलाई स्पष्ट पार्न नसक्नु दुःखद् भएको बताए । 

    images

    उनले भने, ‘सरकारले विश्वासको मत लिने तयारी गरिरहेको छ । यसमा सरकारले ३० दिन पूरै लिओस् कुनै आपत्ति छैन । तर, सरकारमा हुँदासम्म सदनप्रति उत्तरदायी हुनुपर्‍यो,’ । 

    सांसद लेखकले बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन र पुनःस्थापनाका काममा लाग्न आग्रह गरे । उनले कञ्चनपुरलगायत जिल्लामा बाढीपहिरो र डुबानबाट प्रभावित जनता घरबाहिर बस्नुपरेको बताउँदै तत्काल सहयोग गर्न सरकारको ध्यानाकर्षण गराए ।