सोमबार, कार्तिक १७ गते २०८३
images
images

देशका समस्या समाधानका लागि दुई दल एक ठाउँमा आएका हौँ: प्रकाशशरण महत

एक्सप्रेस पाना
आषाढ २५, २०८१ मंगलबार
  • 257
    SHARES
  • देशका समस्या समाधानका लागि दुई दल एक ठाउँमा आएका हौँ: प्रकाशशरण महत

    काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले देशका समस्याहरू सम्बोधनका लागि नेपाली काँग्रेस र नेकपा एमाले एक भएको बताएका छन् ।

    images

    मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

    उनले एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठिक दिशामा नलैजाने भएकाले काँग्रेस एमाले मिल्नुपरेको बताए ।

    images

    उनले स्थिर सरकार बनाउन र देशका समस्या समाधानका लागि दुई दल एक ठाउँमा आएको बताए । 

    उनले भने, "गठबन्धन परिवर्तन गरिरहने, कहिले एउटा दल, कहिले अर्को दलको प्रवृत्तिले देशलाई ठिक बाटोमा लगेन । आम जनतालाई पनि विश्वास दिन सकेन । कुरा धेरै भए, काम उल्टो भयो । त्यो परिवेशमा देशका जल्दोबल्दो समस्या समाधान गर्ने हो भने दुई ठूला दल बाँकी समयमा स्थिर सरकार बनाउन हामी लागेका हौँ ।"

    महतले संविधानमा रहेका समस्या समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न आफूहरू एक भएका बताए ।

     

  • सम्बन्धित विषय:

  • # प्रकाशशरण महत