काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
मंगलबार प्रतितोला १ लाख ४५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज बुधबार पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
बुधबार चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ ।
.jpg)


