काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न सांसदहरुलाई ह्विप जारी गरेको छ।
कांग्रेस एमाले मिलेपछी अल्पमतमा परेका प्रधानमन्त्री दाहालले शुक्रवार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्।
प्रधानमन्त्रीले विश्वासको लिने अनिवार्य उपस्थित भई विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको प्रमुख सचेतक महेश बर्तौलाले बताएका हुन्।
कांग्रेससँगको सहमति अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दैछन्।
.jpg)


