काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढीपहिरोलगायत प्राकृतिक विपद् प्रभावित क्षेत्रमा मानवीय सेवामा खटिन भातृ शुभेच्छुक एवं पार्टीको विभिन्न तहका संरचनालाई निर्देशन दिएको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले सो सम्बन्धी जानकारी दिएका हुन् ।
विज्ञप्तिमार्फत कांग्रेसले उद्धार र राहतको कार्यमा सहयोग पुर्याउन निर्देशन दिएको छ । साथै, पहिरो एवं डुबानमा पर्न सक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा नागरिकको स्थानान्तरण गराउने कार्यमा जुट्न पनि अपिल गरेको छ ।
कांग्रेसले नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ ।

.jpg)


