सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेसले माग्यो बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको राजीनामा

एक्सप्रेस पाना
आषाढ २७, २०८१ बिहीबार
  • 244
    SHARES
  • कांग्रेसले माग्यो बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको राजीनामा

    काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा मागेको छ ।

    images

    नेकपा एमालेले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको भन्दै कांग्रेसले मुख्यमन्त्री जम्कट्टेलको राजीनामा मागेको हो ।

    बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले बिहिबार विज्ञप्ति जारी गर्दै सरकार अहिले कामचलाउको हैसियतमा पुगेको र सो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने बताएका हुन् ।

    images

    विज्ञप्तिमा भनिएको छ, "मुलुकको बदलिँदो राजनीतिक परिवेशमा राजनीतिक स्थायित्व र संविधानमा समयानुकूल संशोधन गर्न सङ्घ र सात वटै प्रदेशहरूमा सहमतिको सरकार गठन गर्ने सङ्कल्पका साथ पहिलो र दोस्रो पार्टी नेपाली कांग्रेस र नेकपा एमाले बिच जन अपेक्षित नयाँ समीकरण निर्माण भएको छ । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री मासालिकराम जमकट्टेलको नेतृत्वमा गठन भएको वर्तमान प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाई विश्वासको मत फिर्ता लिई सकेको पृष्ठभूमिमा वर्तमान सरकार प्रस्ट रूपमा अल्पमतमा परि कामचलाउ सरकारको हैसियतमा पुगिसकेको स्थिति छ । यो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने भएकोले नेपाली कांग्रेस संसदीय दलको तर्फबाट गम्भीर ध्यानाकर्षण गराउँदै माननीय मुख्यमन्त्रीले राजनीतिकलाई सहज रूपमा अगाडी बढाउन र सहमतीय सरकार गठन गर्न तत्काल मार्ग प्रशस्त गरी दिनुहुन हार्दिक आग्रह गर्दछु।"