काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको पार्टी प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताएका हुन् ।
उनले भने,“प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गर्यौँ,” ।
असार १७ को मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने निर्णय गरेपछि दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको हो । प्रधानमन्त्री दाहालले शुक्रबार पाँचौँपटक विश्वासको मत फेस गर्दै छन् ।
.jpg)


