सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रधानमन्त्री दाहालले आज पाँचौं पटक विश्वासको मत लिदै

एक्सप्रेस पाना
आषाढ २८, २०८१ शुक्रबार
  • 246
    SHARES
  • प्रधानमन्त्री दाहालले आज पाँचौं पटक विश्वासको मत लिदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा विश्वासको मत लिदै छन् ।

    images

    शुक्रबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ । प्रधानमन्त्री दाहालले आफ्नो १८ महिने कार्यकालमा विश्वासको मत लिन लागेको यो पाँचौं पटक हो ।

    सरकारलाई समर्थन गरेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले आज नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् । 

    images

    संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि दाहाल नेतृत्वको तत्कालिन गठबन्धन भत्किएको थियो ।

    संविधानअनुसार हालको प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्यीय रहेको छ  र बहुमतको लागि १३८ मत आवश्यक पर्दछ ।