सोमबार, कार्तिक १७ गते २०८३
images
images

बाढीपहिरोबाट भएको क्षतिप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

एक्सप्रेस पाना
आषाढ २८, २०८१ शुक्रबार
  • 232
    SHARES
  • बाढीपहिरोबाट भएको क्षतिप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

    काठमाडौं । नारायणगढ—मुग्लिन सडकको सिमलतालमा लेदो सहितको पहिरोमा परेका दुबै बस त्रिशुली नदीमा आज बिहान खस्दा करीब ६ दर्जन भन्दा बढी यात्रुहरूको अवस्था अज्ञात रहेको घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । 

    images

    अविरल वर्षाका कारण देशका विभिन्न भू–भागमा बाढी, पहिरो र डुवानमा परी भएको जनधनको ठूलो क्षतिप्रति सभापति देउवाले गहिरो दुःख व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।  

    शुक्रबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले युद्धस्तरमा उद्धार, हराएकाहरूको खोजी, नागरिकहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न समेतसरकारलाई आग्रह गरे । 

    images

    स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गरिसकिएको छ । 

    Asar 28, Flood & bus.jpg