काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
बिहिबार प्रतितोला १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज १८ सयले बढेर प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबर भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसैगरी, शुक्रबार चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
.jpg)


