काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बाढी पहिरोका कारण क्षति भइरहेका बेला सरकार परिवर्तनको प्रक्रियामा लाग्नु बिडम्बना भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बाढी पहिरोका कारण क्षति पुर्याएको बेला सबै एक ठाउँमा हुनुपर्नेमा त्यस्तो हुन नसकेको बताउदैँ विश्वासको मत लिने कि नलिने भन्नेमा समेत आफू दोधारमा परेको बताए ।
उनले भने,“निकै ठूलो क्षति भइरहेको छ, हामी एकढिक्का भएर प्रतिवाद गर्नुपर्ने, सतर्कता अपनाउनुपर्ने बेलामा हामी फेरि सरकार परिवर्तन र विश्वासको मत लिने नलिनेतिर केन्द्रीत हुनुपर्ने बिडम्बनाको अवस्थामा छ। कसैलाई दोष दिन लागेको त होइन, तर यो बिडम्बनाको स्थितिमा छौँ,’ ।
.jpg)


