काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधनको कुरा उठाउनु गलत नभएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री दाहालले संविधान संशोधनको नाममा देशलाई द्वन्द्वतिर लैजान नखोज्नु भन्दै चेतावनी दिएपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफू संविधानको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका हुन्।
उनले संविधान संशोधनको विषय उठाएर छलफल गर्नु पश्चगमन नभइ अग्रगमन भएको बताए ।
उनले भने, "संविधान संशोधनको विषय उठाएर छलफल गर्नु पश्चगमन होइन । यो अग्रगमन हो । संविधान पूजा कोठामा राखेर पाठ गर्नको लागि बनाएको पुस्ततको रूपमा लियौं भने कमजोर हुनसक्छ ।"
उनले दुई ठूला पार्टी मिल्दैमा आत्तिनुपर्ने अवस्था नरहेको बताए ।
.jpg)


