काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ ।
शुक्रबार प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
यसैगरी,आइतबार चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
.jpg)


