काठमाडौं । नेपाली काँग्रेसबाट नयाँ सरकारमा सहभागी हुने मन्त्रीका विषयमा नेताहरूले छलफल थालेका छन् ।
कांग्रेस नेता शेखर कोइरालाले संस्थापन इतर समूहबाट सरकारमा पठाउने मन्त्रीका बारेमा छलफल गरेका छन् ।
बिशालनगर स्थित कोइरालाको सचिवालयमा भएको बैठकमा विकसित पछिल्लो राजनीतिक अवस्था र आफ्नो समूहबाट सरकारमा मन्त्री पठाउने विषयमा छलफल भएको थियो ।
कांग्रेस र एमालेले बराबर हैसियतमा सरकारमा सहभागिता हुने बताइरहेका छन् । कांग्रेसले पाउने ९ मन्त्रीमा कोइराला समूहले ४ वटा मन्त्री दाबी गर्ने बताइएको छ ।
बैठकमा कोइरालासहित उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, बलबहादुर केसीलगायत सहभागी छन् ।
इतर समूहबाट कसलाई मन्त्री बनाएर सरकारमा पठाउने भन्ने विषयमा टुंगो भने लागिसकेको छैन ।
.jpg)


