काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सिमलताल पहिरोमा परी बेपत्ता भएकाहरूको अविलम्ब खोजी गर्न निर्देशन दिएका छन्।
आइतबार बिहान तीन वटा सुरक्षा अंगका प्रमुखलाई आफ्नो निजी निवास खुमलटारमा बोलाएर दुर्घटनापछिको अपडेट लिँदै उक्त निर्देशन दिएका हुन्।
उनले सिमलताललगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दु ख व्यक्त गर्दै सरकारका कर्मचारी र सुरक्षा निकायले अविचलित र अभिछिन्नरुपमा जनताको सेवामा लागि पर्न आग्रह गरेका छन्।
शुक्रबार राति भारी वर्षाका कारण आएको पहिरोले बगाउँदा दुई बस त्रिशूलीमा खसेका थिए। चालकसहित दुई बसमा गरी ६५ जना सवार रहेकोमा हालसम्म ५ जनाको शव फेला परेको छ। जसमा तीन जनाको सनाखत भइसकेको छ।
बेपत्ताको खोजी गर्न आइतबार एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन्।
.jpg)


