काठमाडौं । रास्वपाका सभापति तथा काम चलाऊ सरकार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको कामलाई नियाली रहने बताएका छन् ।
आइतबार सरकारबाट बिदाइ हुँदै गर्दा गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर लामिछानेले मन्त्रालयका कामलाई चासोका साथ हेर्ने बताएका हुन् ।
सभापति लामिछानेले आफू प्रतिपक्षमा बसे पनि आफूले सबैभन्दा बढी चासो दिएर हेरेको गृह मन्त्रालयमा नजर लगाइ रहने बताए ।
उनले भने, ‘आफूले सबैभन्दा बढी चासो दिएर हेरेको गृह मन्त्रालयमा मेरो आँखा, मेरो मन २४ घण्टा रहिरहनेछ,’। ‘गल्ती कहाँ गर्छ भनेर होइन, केके असल काम गर्न आँट गरेछ भनेर हेरिरहने छु ।’‘कयौं कुरा बाहिर आएका थिए, सरकार परिवर्तनसँगै सामसुम देखिन्छ,’।,‘नेपाल प्रहरीले र सीआईबीले तदारुकता साथ काम गरोस् ।’
उनले ठूला दलहरू मिल्दा अपराध अनुसन्धानमा कुनै प्रभाव नपरोस् भन्नेमा सचेत रहन सुरक्षा निकायलाई निर्देशन पनि गरेका छन् ।
.jpg)


