शनिबार, भाद्र २७ गते २०८३
images

देशभर १५०० जनामा डेंगी संक्रमण, सबैभन्दा धेरै संक्रमण  काठमाडौंमा

एक्सप्रेस पाना
आषाढ ३०, २०८१ आइतबार
  • 286
    SHARES
  • देशभर १५०० जनामा डेंगी संक्रमण, सबैभन्दा धेरै संक्रमण  काठमाडौंमा

    काठमाडौंं । बर्षायाम सुरुभएसंगै देशभर डेंगी संक्रमितको संख्या एक हजार ५०० नाघेको छ । 

    images

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सन् २०२४ जनवरीयता जुलाई ११ सम्म एक हजार ५४४ जना संक्रमित भएका छन् । 

    तीमध्ये जुलाईका ११ दिनमा १३२ संक्रमित थपिएका हुन् । यो वर्ष डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ ।

    images

    जनवरीयता वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५३८ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै १८३ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

    यस्तै, झापामा १२३, चितवनमा ९०, मकवानपुरमा ७०, तनहुँमा ५३, ओखलढुंगामा ५३ र डोटीमा ५० जनामा डेंगी पुष्टि भएको छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।

    मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # डेंगी संक्रमण