सोमबार, कार्तिक १७ गते २०८३
images
images

टुङ्गीयो मन्त्रालय भागबन्डा,कांग्रेसको भागमा गृहसहित परराष्ट्र

एक्सप्रेस पाना
आषाढ ३०, २०८१ आइतबार
  • 341
    SHARES
  • टुङ्गीयो मन्त्रालय भागबन्डा,कांग्रेसको भागमा गृहसहित परराष्ट्र

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबिच मन्त्रालय भागबन्डाको टुङ्गा लागेको छ ।  

    images

    आइतबार दिउँसो भएको दुई दलका शीर्ष नेताहरूको छलफलमा मन्त्रालयगत भागबन्डाको टुङ्गा लागेको हो ।

    सभापति देउवा र प्रधानमन्त्री ओलीबिच भएको सहमति अनुसार सत्ताको प्रमुख घटक कांग्रेसलाई ९ र एमालेले ८ वटा मन्त्रालय लिने गरि सहमति भएको हो ।

    images

    कांग्रेसले गृहसहित परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, स्वास्थ्य तथा जनसङ्ख्या, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछ भने एमालेको भागमा अर्थसहित भौतिक पूर्वाधार तथा यातायात, रक्षा, सञ्चार तथा सूचना प्रविधि, शिक्षा विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय परेको छ ।

    अरु चार मन्त्रालय सरकारमा जाने साना दलका लागि छुट्टाइएको छ ।