सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिँदै

एक्सप्रेस पाना
आषाढ ३१, २०८१ सोमबार
  • 217
    SHARES
  • प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिँदै

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिँदै छन् । 

    images

    आइतबार प्रधानमन्त्रीमा नियुक्त ओलीले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । 

    राष्ट्रपति रामचन्द्र पौडेलले बिहान ११ बजेका लागि शपथ गराउने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

    images

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सदनमा विश्वासको मत नपाएपछि शुक्रबार नै संविधानको धारा ७६(२) अनुसार सरकार गठनको आह्वान भएको थियो ।  नेपाली कांग्रेस र नेकपा एमालले १६६ सांसदको हस्तारसहित शुक्रबार नै दाबी पेस गरेका थिए । 

    ७३ वर्षीय ओली चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन् । कांग्रेस र एमालेबीच असार १७ गते नयाँ सरकार गठनको सहमति भएको थियो ।