सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेसले टुंग्गायो १० मन्त्रिको नाम- गृहमा रमेश लेखक, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा प्रदीप पौडेल

एक्सप्रेस पाना
आषाढ ३१, २०८१ सोमबार
  • 245
    SHARES
  • कांग्रेसले टुंग्गायो १० मन्त्रिको नाम- गृहमा रमेश लेखक, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीहरुको नाम टुंगाएको छ । 

    images

    कांग्रेसबाट गृहमन्त्रीको रुपमा रमेश लेखक रहने छन् भने प्रकाशमान सिंहलाई उपप्रधान सहित सहरी विकास मन्त्रालय दिइने भएको छ ।

    त्यस्तै आरजु देउवा राणा परराष्ट्रमन्त्री, अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुने भएका छन् भने दिपक खड्का ऊर्जामन्त्री बन्ने भएका छन् । त्यस्तै ऐनबहादुर शाही वन मन्त्री निश्चित भएको छ । 

    images

    सभापति देउवाले शेखर–गगन समूहलाई स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, पर्यटन र कृषि मन्त्रालय दिएका छन् । प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् भने संस्कृति पर्यटन तथा  नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बद्री पाण्डे जाने छन् । रामनाथ अधिकारी कृषिमन्त्री बन्नेछन् भने तेजुलाल चौधरीले खेलकुदमन्त्री  निश्चित भएको छ ।