सोमबार, कार्तिक १७ गते २०८३
images
images

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

एक्सप्रेस पाना
आषाढ ३१, २०८१ सोमबार
  • 253
    SHARES
  • नवनियुक्त प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    images

    सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए ।

    प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

    images

    ओली संविधानको धारा ७६(२)अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।