काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेका छन् ।
सोमबार शितलनिवासमा पद तथा गोपनीयताको शपथपछि शान्तिबाटीमा पुगेर बीर गणेशमान सिंहको सालिकमा मार्ल्यापण गरेपछि सिंहदरबार पुगेर सिंहले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले सहरी विकास मन्त्रालयअन्तर्गतका निकायमा हुने राजनीतिक नियुक्तिसम्बन्धी कार्यविधि र मापदण्डमा अन्य देशको पीआर नलिएको स्वःघोषणा गर्नुपर्नेसहितको कानुन परिमार्जनको सहमतिका लागि कानुन मन्त्रालयमा पठाउनेसम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन् ।
.jpg)


