काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा थियो।
आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४६ रुपैयाँ २७ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १७३ रुपैयाँ १९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ।
त्यसैगरी आज अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ४६ पैसा र बिक्रीदर ९० रुपैयाँ ८७ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ।

.jpg)


