काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।
सोमबार प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
.jpg)


