सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना तथा बधाई दिन प्रधानमन्त्री ओलीको अनुरोध

एक्सप्रेस पाना
श्रावण २, २०८१ बुधबार
  • 267
    SHARES
  • प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना तथा बधाई दिन प्रधानमन्त्री ओलीको अनुरोध

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुभेच्छुकलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन अनुरोध गरेका छन् । बुधबार बिहान सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना र बधाई दिँदा समयको पनि बचत हुने बताएका हुन् । 

    images

    आफू प्रधानमन्त्री भइसकेपछि शुभकामना र बधाईका सन्देश आइरहेको भन्दै यस्तो स्टाटस राखेका हुन् । प्रधानमन्त्री ओलीले भेटमा खादामाला प्रयोग नगर्न अनुरोध गरेका छन् ।

    प्रधानमन्त्री ओलीले लेखेका छन्, "विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन् । प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ । शुभेच्छुक सबैलाई सकेसम्म  म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादामाला प्रयोग नगर्न अनुरोध गर्छु ।"

    images