काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन् ।
सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले आइतबार प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिने निर्णय भएको बताएका हुन् ।
प्रधानमन्त्री नियुक्ति भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ ।
"हामीले केही दिनभित्रै मत लिने तयारीमा लागेका हौं,’ बर्तौलाले भने, ‘आइतबार नै विश्वासको मत लिनेगरी हामी अघि बढ्छौं ।"
ओली नेपाली कांग्रेसको सहयोगमा गएको आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । त्यसको भोलिपल्ट अर्थात् सोमबार उनले पद तथा गोपनीयताको शपथ लिएका थिए । सोही दिन ओली नेतृत्वको सरकारले पूर्णता पाएको थियो । सरकारमा नेकपा (एमाले) र कांग्रेससहित जसपा र लोसपा सहभागी छन् ।


