काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुबैको मूल्य घटेको छ ।
बिहीबार प्रतितोला १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यसैगरी, शुक्रबार चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
.jpg)


