काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनकै लागि नयाँ सरकार गठन भएको बताएका छन् ।
नेपाल उद्योग परिसंघसँगको छलफलमा उनले यसअघि नै प्रधानमन्त्री बनिसकेकाले प्रधानमन्त्री बन्नका लागि मात्रै आफू नआएको बताएका हुन् ।
उनले अर्थतन्त्रलाई सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गर्दै निजी क्षेत्रलाई यो सरकारप्रति भरोसा हुनैपर्ने बताए ।
उनले भने, “समस्या देखेर, समस्याको समाधान गर्न, परिवर्तन ल्याउनुपर्छ, काम गर्नैपर्छ भनेर म आएको हुँ,” ।“त्यसैले तपाईंहरूको आशा र भरोसा हामीमाथि हुनैपर्छ ।”
प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रहेकोमा जोड दिँदै मौद्रिक नीति कठोर हुननहुने बताए । कुनै पनि करको निर्धारण अनुहार हेरेर गर्न नहुने बताउँदै उनले गलत नीति लिएको बेला निजी क्षेत्रले त्यसको विरोध गर्न सक्नुपर्ने बताए ।
.jpg)


