काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा स्थापना गरिएको पुस्तकालय आजदेखि औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले ४२ औं बीपी स्मृति दिवसको अवसरमा आइतबार बिहान पुस्तकालयको उदघाटन गरेका हुन् ।
पुस्तकालयमा राजनीतिक विषयवस्तुका पुस्तकलगायत नेपाली कांग्रेसको स्थापनाअघि देखिका विभिन्न कालखण्डका दस्तावेज, संस्थापक नेताहरुको राजनीतिक जीवन, बीपी कोइरालासँग जोडिएका दस्तावेज, कोइरालाले लेखेका साहित्यिक पुस्तक एवम् संविधान, कानुन, राजनीति शास्त्र, दर्शनशास्त्र, अर्थ राजनीति लगायतका पुस्तकहरु पुस्तकालयमा उपलब्ध हुनेछन् ।
यो पुस्तकालयमा जोकोही गएर अध्ययन गर्न सक्ने नेपाली कांग्रेसले जनाएको छ ।
.jpg)


