शनिबार, भाद्र २७ गते २०८३
images

देशभर डेंगी संक्रमितको संख्या एक हजार ६०० भन्दा बढि,सबैभन्दा धेरै वाग्मती प्रदेशमा संक्रमण

एक्सप्रेस पाना
श्रावण ६, २०८१ आइतबार
  • 264
    SHARES
  • देशभर डेंगी संक्रमितको संख्या एक हजार ६०० भन्दा बढि,सबैभन्दा धेरै वाग्मती प्रदेशमा संक्रमण

    काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या एक हजार ६०० नाघेको छ ।

    images

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार जनवरीयता १८ जुलाईसम्म एक हजार ६५७ जना संक्रमित भएका छन् । जसमध्ये जुलाईका १८ दिनमा २४३ संक्रमित थपिएका हुन् । यो वर्षमा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ ।   

    जनवरीयता वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५७० जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै १९६ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । 

    images

    यस्तै, झापामा १२८, चितवनमा ९२, मकवानपुरमा ७३, ओखलढुंगामा ५३, तनहुँमा ५६, भोजपुरमा ५२ र डोटीमा ५० जनामा डेंगी पुष्टि भएको छ । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।