काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेसले काँध थाप्दा पनि अघिल्लो सरकारले लय समाउन नसकेपछी नयाँ सरकार बनेको बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सरकारले थिति बसाल्न नसकेपछि नयाँ सरकार बनाइएको बताएका हुन् ।
उनले भने,“नेपाली कांग्रेस र नेकपा एमाले जस्ता बलिया पार्टीले पटक–पटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय समातेन । सरकारले थिति बसाल्न सकेन । थिति बसाल्ने रुची पनि राखेन । जसको कारण समाजमा अनेकन दुषित परिणाम निस्कने खतरा बढ्यो । त्यसलाई हामीले टुलुटुल हेरर बस्न सकेनौँ । यही कुरालाई आत्मसात गरी पुरानो सरकारको ठाउँमा यो नयाँ सरकार बनाएका हौँ,” ।
ओलीले एमाले र कांग्रेस प्रतिस्पर्धी पार्टी भएपनि खास समयमा दुई पार्टीबीच सहकार्य भएको र देशलाई परिणाम पनि दिएको जिकिर गरे ।
.jpg)


