सोमबार, कार्तिक १७ गते २०८३
images
images

उपसभामुख रानामाथी लगाइएको मानव तस्करको आरोपमा रास्वपाको आपत्ति

एक्सप्रेस पाना
श्रावण ६, २०८१ आइतबार
  • 283
    SHARES
  • उपसभामुख रानामाथी लगाइएको मानव तस्करको आरोपमा रास्वपाको आपत्ति

    काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई मानव तस्करको आरोप लगाइएकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आपत्ति जनाएका छन् । 

    images

    आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतमाथिको छलफलका क्रममा उनले आरोप लगाउनु भन्दा अगाडी सोच्न आवश्यक रहेको बताए ।

    उनले भने,“यो सदन यति आरोप–प्रत्यारोप र हिलो छ्याप्ने ठाउँ बन्यो । आज सिंगो जीवन जेलमा परेका बाबुआमाका सन्तानलाई न्याय दिएर सयौँ, हजारौँ बालबालिकालाई जीवन दिने इन्दिरा रानामगरलाई एउटा विषय आउनेबित्तिकै यो सदनमा मानव तस्करको आरोप लगाउने गरी निर्मम भयौँ हामी । विरोध गर्न पाइन्छ,” । “कस्तो आरोप कसमाथि लगाइएको छ, एकपटक सोची त हेरौँ । विषय उठेको छ, प्रमाणित भएको छैन ।”

    images

    उनले केही लाखका निम्ति उपसभामुख रानाले रुनु नपर्ने उनको भनाइ थियो ।

    “इन्दिरा रानामगरले सञ्चालन गर्नुभएको संस्थामा केही लाखका लागि उहाँले रुनु पर्दैन । संसारका एक से एक संस्थाहरूले त्यो पवित्र ठाउँमा लाखौैँ, करोडौँ पैसा एक वचनमा डोसेन दिएको उदाहरण छ,” उनले भने ।