मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कति छ आज विदेशी मुद्राहरुको विनियमदर ?

एक्सप्रेस पाना
श्रावण ७, २०८१ सोमबार
  • 259
    SHARES
  • कति छ आज विदेशी मुद्राहरुको विनियमदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

    images

    राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा निर्धारण भएको छ। हिजो र अस्ती पनि अमेरिकी यही मूल्यमा कारोबार भएको थियो। 

    आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३९ पैसा थियो। 

    images

    त्यसैगरी आज अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ २६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ र बिक्रीदर ४३८ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ। 

    आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३० र बिक्रीदर ३५५ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। 

    mon.PNG

  • सम्बन्धित विषय:

  • # विदेशी मुद्राहरु