काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।
आइतबार प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, आज चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
.jpg)


