सोमबार, कार्तिक १७ गते २०८३
images
images

शिक्षा र राजनीतिलाई जोड्न नसक्दा शिक्षामा हुनुपर्ने सुधार हुन सकेन:शिक्षामन्त्री भट्टराई

एक्सप्रेस पाना
श्रावण ७, २०८१ सोमबार
  • 264
    SHARES
  • शिक्षा र राजनीतिलाई जोड्न नसक्दा शिक्षामा हुनुपर्ने सुधार हुन सकेन:शिक्षामन्त्री भट्टराई

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा र राजनीतिलाई जोड्न नसक्दा शिक्षामा हुनुपर्ने सुधार नभएको बताएकी छिन ।

    images

    सोमबार ललितपुरमा भएको एक कार्यक्रममा मन्त्री भट्टराईले शिक्षा दलसँग जोडिएको तर राजनीतिसँग नजोडिँदा सुधार हुन नसकेको बताएकी हुन् । मन्त्री भट्टराईले शिक्षा र प्रविधि नजोडिँदा थप चुनौती बढेकोसमेत बताइन् ।

    उनले भनिन्, ‘सुधारको लागि राजनीति र शिक्षा जोडिनु पर्थ्यो तर शिक्षा  र दलसँग जोडियो, राजनीति र शिक्षा जोडिएन’, । ‘जसले आवश्यक सुधार हुन सकेको छैन ।’ विश्व एआइमा पुगिसकेको अवस्थामा हामीले प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ’, । ‘सञ्चारमाध्यममा राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने पत्रकार महिलालाई प्रोत्साहन गर्न जरुरी छ ।’

    images

    उनले आजको आवश्यकता अनुसारको प्रविधिसँग जोडिने गरी समावेशी पाठ्यक्रम  परिमार्जन गर्न अध्ययन  भइरहेको भन्दै सुझाव समेत माग गरिन् ।