सोमबार, कार्तिक १७ गते २०८३
images
images

महिलालाई आदर र सम्मानका साथ अघि बढाउन आवश्यक छ:शशांक कोईराला

एक्सप्रेस पाना
श्रावण ७, २०८१ सोमबार
  • 244
    SHARES
  • महिलालाई आदर र सम्मानका साथ अघि बढाउन आवश्यक छ:शशांक कोईराला

    काठमाडौं । नेपाली काँग्रेसका सांसद डा.शशांक कोईरालाले महिलालाई अगाडि नसारेसम्म देशले विकास गर्न नसक्ने बताएका छन् ।

    images

    सोमवार काठमाडौंमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले महिलालाई आदर र सम्मानका साथ अघि बढाए मात्रै देशले गति लिने बताउँदै उनले महिलाले हरेक घर, समाज र देशलाई नै नेतृत्व गरी विकास गर्नसक्ने जिकिर गरे ।

    उनले भने, "महिलाहरूलाई जबसम्म हामी आदर गर्दैनौँ, तबसम्म हाम्रो विकास हुन सक्दैन । महिला नै महिलाको बीचमा म हुर्किएको हुँ । सानैदेखि फ्रक लगाएको हो । तीन वर्षसम्म फ्रक नै लगाएर बसेँ । म महिलाको समस्याहरू बुझ्छु । हुन त घरको साँचो महिलासँग मात्रै हुँदैन । समाजको साँचो महिलासँग हुन्छ । मैले चार पटक आफ्नो क्षेत्रबाट जितेँ । म महिला नै अगाडि भएर जितेको छु । महिला नभई कुनैपनि घरको ढोका खुल्दैन । त्यसैले महिलालाई हामीले आदर गर्नुपर्छ ।"

    images

     

  • सम्बन्धित विषय:

  • # शशांक कोईराला