मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मौद्रिक नीति अहिलेको अभावलाई सम्बोधन गर्नेगरी आउँछ:अर्थमन्त्री पौडेल

एक्सप्रेस पाना
श्रावण ७, २०८१ सोमबार
  • 250
    SHARES
  • मौद्रिक नीति अहिलेको अभावलाई सम्बोधन गर्नेगरी आउँछ:अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब आउन लागेको मौद्रिक नीति अहिलेको अभावलाई सम्बोधन गर्नेगरी आउने बताएका छन् ।

    images

    सोमवार मन्त्रालयमा नेपाल होटल संघ (हान) का पदाधिकारीसँगको भेटमा उनले यस्तो बताएका हुन् । उनले मौद्रिक नीतिमा छलफल भइरहेको र केही दिनभित्रै मौद्रिक नीति आउने बताए । उनले नीतिको निरन्तरता हुन नसक्दा समस्या पैदा भएको बताए ।

    उनले भने, "यहाँहरूले राख्नुभएका समस्याहरूमध्ये मौद्रिक नीतिमा छलफल चलिरहेको छ । केही दिनभित्र टुंगोमा पुग्छ । सामान्यतया अहिलेको क्राइसिसलाई पनि मौद्रिक नीतिले सम्बोधन गरोस् भन्ने धेरैतिरको अपेक्षा छ । विमानस्थल सञ्चालन गर्नेकुरामा केही बैठक बसेर त्यो सञ्चालनमा जान सकिन्छ । जानुपर्छ, जाने नै हो । अलिकति अलिकति ढिलो भएको छ । हामी भर्खर त आइपुग्यौँ । यसलाई हामी गम्भीरताका साथ लिन्छौँ । होटललाई उद्योगको मान्यता भनेको त उतिबेलै हामीले निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वको सरकारको पालामा बजेटमा होटललाई उद्योग क्षेत्रको मान्यता दिने भनेर लिएर आएको हो । त्यसको निरन्तरता हुनुपर्दथ्यो । नीति निरन्तरताको धेरै ठूलो अर्थ हुन्छ ।"

    images

    अर्थमन्त्रीसँगको भेटमा नेपाल होटल संघ (हान)का अध्यक्ष विनायक साहले ३०र३५ लाख पर्यटकलाई सेवा दिनसक्ने भएपनि वर्षेनी १० लाख भन्दा बढी पर्यटक नआएको भन्दै धेरै भन्दा धेरै पर्यटक आउने वातावरण मिलाउन आग्रह गरे । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याउन आग्रह गरे ।