सोमबार, कार्तिक १७ गते २०८३
images
images

कूटनीतिक पहलमार्फत सीमा समस्या समाधान गरिनेछ :प्रधानमन्त्री ओली

एक्सप्रेस पाना
श्रावण ७, २०८१ सोमबार
  • 276
    SHARES
  • कूटनीतिक पहलमार्फत सीमा समस्या समाधान गरिनेछ :प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारसँग कूटनीतिक पहलमार्फत सीमा समस्या समाधान गरिने बताएका छन् ।

    images

    सोमबार प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै उनले सुगौली सन्धि, विभिन्न नक्सा, ऐतिहासिक तथ्य तथा प्रमाण समेतका आधारमा सीमा समस्यालाई भारत सरकारसँग वार्ता र कूटनीतिमार्फत समाधान गर्ने बताएका हुन् । 

    उनले भने, “सुगौली सन्धि, विभिन्न नक्सा, ऐतिहासिक तथ्य तथा प्रमाण समेतका आधारमा सीमा समस्यालाई भारत सरकारसँग वार्ता र कूटनीतिमार्फत समाधान गर्ने नेपाल सरकारको निरन्तर अडान र प्रतिबद्धता रहिआएको छ । सोहीअनुरूप हाम्रो सक्रिय पहल रहने कुरा म स्पष्ट पार्न चाहन्छु ।”

    images

    उनले ०८० पुस १९ गते सम्पन्न परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा समेत सिमानाका विषयमा छलफल गरिएको  उल्लेख गरे ।