आइतबार, कार्तिक १६ गते २०८३
images
images

थप १८०१ जनामा संक्रमण पुष्टि

एक्सप्रेस पाना
श्रावण ३, २०७८ आइतबार
  • 458
    SHARES
  • थप १८०१ जनामा संक्रमण पुष्टि


    पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९ हजार ६२८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १२२३ जना र एन्टिजेन विधिबाट ५७८ जनामा संक्रमण पुष्टि भएको हो ।
    यही अवधिमा थप १६६७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख ३२ हजार ७४ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४.७ प्रतिशत रहेको छ ।देशभर २२ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ५६१ जना आईसीयूमा छन् भन् १६५ जना भेन्टिलेटरमा रहेका छन् ।

    images

    त्यस्तै, कोभिड–१९ को संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ५५० जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ को मृत्यु दर १.५ प्रतिशत रहेको छ ।