सोमबार, कार्तिक १७ गते २०८३
images
images

‘स्मार्ट’ र ‘स्माइलिङ’का साथ काम गर्न अध्यागमनका कर्मचारीलाई गृहमन्त्री लेखकको निर्देशन

एक्सप्रेस पाना
श्रावण ८, २०८१ मंगलबार
  • 232
    SHARES
  • ‘स्मार्ट’ र ‘स्माइलिङ’का साथ काम गर्न अध्यागमनका कर्मचारीलाई गृहमन्त्री लेखकको निर्देशन

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन मुलुकको अनुहार भएको बताएका छन्।

    images

    मंगलबार बिहान काठमाडौंस्थित अध्यागमन विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिस सबै भन्दा पहिले नेपालीका रुपमा भेट्ने अध्यागमन कर्मचारी भएको बताएका हुन्। अध्यागमन कर्मचारीलाई  ‘स्मार्ट’ र ‘स्माइलिङ’का साथ काम गनपर्ने बताउँदै पछिल्लो समय मानव बेचबिखनका घटनाहरू बढिरहेको सुन्नमा आएको र त्यसतर्फ कर्मचारीलाई सचेततापूर्वक खटिन गृहमन्त्री लेखकले निर्देशन दिए। 

    उनले भने, ‘तपाईंहरूलाई भेट्ने बित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहीबाट प्राप्त हुन्छ,’ ।, ‘त्यो भाव र भावनाका साथ काम गर्नुस्।’अलि ‘स्मार्ट’ र ‘स्माइलिङ’ पनि हुनु पर्‍यो,’ । ‘गतल ढंगले मान्छे आउने र जाने कुरामा कर्मचारीको संलग्नतादेखि कारबाही गरे हुन्छ।’ ‘मानव बेचबिखन पूर्ण रुपमा रोकिनुपर्छ,’ । ‘अवाञ्छनीय गतिविधि स्वीकार्य छैन।’

    images

    गृहमन्त्री लेखकले अध्यागमन सम्बन्धि विधयेक संशोधनका लागि एक महिनाभित्र मन्त्रालयमा प्रस्ताव पेस गर्न आग्रह समेत गरे।

     ‘संशोधन गर्नुपर्ने कानुन, नियम र कार्यविधिी ल्याउनुस्,’ उनले भने, ‘कानुन निर्माणको विषय मेरो धेरै बढी चाँसो, रुची र अनुभवको विषय भएकाले यसका लागि यो उपयुक्त समय हुन सक्छ।’