काठमाडौं । नेपाली काँग्रेसका सांसद राजन केसीले पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका सांसद डा.वीरेन्द्र महतोले पाँच हजार घुस आफूले दिएको भन्ने विषयमा संसद मौन बस्न नहुने बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले यस्तो बताएका हुन् । उनले संसदको रोस्ट्रमबाट पूर्वमन्त्री तथा सांसदले पाँच हजार घुस दिएँ भन्दै उठाएको विषयमा सभामुखबाट किन रूलिङ नभएको भन्दै प्रश्नसमेत गरे ।
उनले भने,"संसदमा पूर्वमन्त्री तथा सांसदले अध्ययनको प्रमाणपत्र प्रमाणित गर्न ५ हजार घुस दिनुदिएको विषयलाई संसदले नजरअन्दाज गर्न मिल्दैन,’,‘सभामुखले रुलिङ गर्न आवश्यक थियो । तर भएन । घुस खाएको विषय संसदमा बोल्दा समेत संसद मौन बस्नु हुँदैन । अहिले पनि घुस लिनेहरु खुला रुपमा खाईरहेका छन् ।"
.jpg)


