बिहीबार , भाद्र २५ गते २०८३
images

काटिएका ६ वटा उद्योगको बिजुली जोडिदिने विद्युत प्राधिकरणको निर्णय

एक्सप्रेस पाना
श्रावण ८, २०८१ मंगलबार
  • 376
    SHARES
  • काटिएका ६ वटा उद्योगको बिजुली जोडिदिने विद्युत प्राधिकरणको निर्णय

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काटिएका ६ वटा उद्योगको बिजुली जोडिदिने निर्णय गरेको छ। 

    images

    मंगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएका उद्योगमा बिजुली जोडिदिने निर्णय गरेको हो।

    प्राधिकरणले गत २५ असारदेखि ती उद्योगको लाइन काटेको थियो। आगामी तीन महिना भित्र उद्योगीहरूले बक्यौता महसुल भुक्तानी नगरेमा पुनः नियम अनुसार बक्यौता रकम असुली गर्ने सर्तमा प्राधिकरणले उद्योगहरूको बिजुली जोड्ने निर्णय गरेको हो।

    images


    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार लाइन जोडिदिन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका थिए। तर घिसिङले उक्त निर्देशन अवज्ञा गरेका थिए। त्यसपछि आइतबार विद्युत् नियमन आयोगले प्राधिकरणलाई विवाद कायमै रहेको बखत लाइन काट्न नमिल्ने कानुनी व्यवस्था रहेको भन्दै काटिएको लाइन तत्काल जोडिदिन लिखित निर्देशन दिएको थियो।

     

  • सम्बन्धित विषय:

  • # नेपाल विद्युत प्राधिकरण