काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३४ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको यो मूल्य नेपालमा अहिलेसम्मकै सर्वाधिक महँगो हो। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १६ पैसा थियो।
आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ १९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७३ रुपैयाँ २५ पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४३९ रुपैयाँ निर्धारण भएको छ।
आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ४६ र बिक्रीदर ३५६ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ।

.jpg)


