काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ।
बिहीबार बिहान ११ बजे केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशाबारे छलफल हुने बताइएको छ ।
बैठकमा पार्टीको अधिवेशनको तयारीबारे छलफल समेत हुनेछ ।


