शनिबार, भाद्र २७ गते २०८३
images

बंगलादेशबाट फर्किए १७ सय नेपाली विद्यार्थी

एक्सप्रेस पाना
श्रावण ९, २०८१ बुधबार
  • 261
    SHARES
  • बंगलादेशबाट फर्किए १७ सय नेपाली विद्यार्थी

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले बंगलादेशबाट १७ सय नेपाली विद्यार्थी फर्किएको बताएकी छन् । 

    images

    अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधबार बसेको बैठकमा परराष्ट्रमन्त्री राणाले हालसम्म बंगलादेशबाट १७ सय नेपाली विद्यार्थी फर्र्किएको जानकारी दिएकी हुन् । 

    उनले बंगलादेशमा रहेका विद्यार्थी फर्किने क्रम जारी रहेको बताइन् । बंगलादेशमा कोटाविरोधी आन्दोलन हिंसात्मक बनेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएका हुन् ।

    images

    बंगलादेशमा कोटा प्रणाली हटाउन माग गर्दै विद्यार्थी आन्दोलनरत छन् ।