काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भएको सौर्य एयरको विमान दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।
बुधबार दुर्घटना स्थलमा पुगेर प्रधानमन्त्री ओलीले दुर्घटनाप्रति दुख व्यक्त गर्दै दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गरेका हुन् ।
उनले सामाजीक सञ्जालमा लेखेका छन,"नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ । नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु । अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु ।”
घटनास्थलमा प्रधानमन्त्री संगै गृहमन्त्रि रमेश लेखक पुगेका थिए ।
.jpg)


