काठमाडौं । गृहमन्त्री रमेश लेखकले बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्ने बताएका छन्।
बुधबार त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको स्थलगत अवलोकनपछि गृहमन्त्री लेखकले दुर्घटनाका विषयमा सरकारले अध्ययन तथा छानबिन गर्ने बताएका हुन् ।
घटनास्थल निरीक्षमा पुगेका गृहमन्त्री लेखकले दुस्खद घटना घटेको र के कारणले यस्तो दुर्घटना भयो छानबिन गर्ने बताए ।
उनले भने, "दुस्खद घटना घट्यो, जहाज दुर्घटनाबारे छानबिन गर्छौं,’ दुर्घटनापछि तत्कालै गर्नुपर्ने उद्धारको काम सरकारले पूरा गरेको छ । अब के कारणले यस्तो दुर्घटना भयो? भन्नेबारे विस्तृतमा छानबिन गर्छौं।"
बुधबार ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको जहाज केहीबेरमै दुर्घटनामा परेको थियो। जहाजमा रहेका क्याप्टेन मनीष शाक्य मात्रै जीवित छन् भने १८ जनाको मृत्यु भएको छ।
.jpg)


