सोमबार, कार्तिक १७ गते २०८३
images
images

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु

एक्सप्रेस पाना
श्रावण ९, २०८१ बुधबार
  • 306
    SHARES
  • सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु

    काठमाडौं । बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

    images

    बुधबार बिहान ११ बजेर ११ मिनेटमा काठमाडौंबाट पोखरा उडेको सौर्य एयरको विमान उड्नासाथ दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये तीनजना एउटै परिवारको भएको पाइएको छ ।

    जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो । मनुराज र प्रिजा श्रीमान-श्रीमती हुन् भने अधिराज उनीहरूका छोरा हुन् । प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत थिइन् ।

    images

    दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने विमानका पाइलट बाँच्न सफल भएका छन् । उनको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

     

     

  • सम्बन्धित विषय:

  • # सौर्य एयरलाइन्स