सोमबार, कार्तिक १७ गते २०८३
images
images

संवैधानिक परिषद्‌मा बहुमत पुर्‍याउन उपसभामुखको पत्र लिक गरिएको रास्वपाको निष्कर्ष

एक्सप्रेस पाना
श्रावण १०, २०८१ बिहीबार
  • 230
    SHARES
  • संवैधानिक परिषद्‌मा  बहुमत पुर्‍याउन उपसभामुखको पत्र लिक गरिएको रास्वपाको निष्कर्ष

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संवैधानिक परिषद्‌मा  बहुमत पुर्‍याउने उद्देश्यले उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक गरिएको बताएको छ ।

    images

    बिहीबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले उपसभामुखको पत्रको आशय पनि गलत नभएको र कसैले लाभ नपाएको निष्कर्ष निकालेको हो । कार्यवाहक प्रवक्ता मनिष झाले आशंका गरिए जस्तो आर्थिक चलखेल पनि नभएको बताएका हुन् ।

    उनले भने,"अनौपचारिक च्यानलबाट बुझ्दा यो पत्र अमेरिकी दूतावासमा दर्ता नै नभएको पाइएको छ ,यसमा आशय पनि गलत छैन, नियत पनि गलत छैन र यसको प्रभाव पनि कतै परेको छैन ।’ ‘संवैधानिक परिषद्‌मा  बहुमत पुर्‍याउन यो पत्र लिक गरिएको हो ।’ ‘संसद सचिवालय र राज्य व्यवस्था समितिमा परेको उजुरीमा के छलफल हुन्छ भनेर हामी सचेत भएर बसेका छौं ।"

    images

    यद्यपि यसरी पत्र लेख्नु गलत अभ्यास भएकाले आगामी दिनमा सजग हुनुपर्ने रास्वपाले बताएको छ ।

    उपसभामुख इन्दिरा राना मगरले फागुन २०७९ मा अमेरिकामा हुने एक कार्यक्रममा जान आफ्नो सहयोगी भनेर असम्बन्धित व्यक्तिलाई भिसाका लागि लिइने अन्तर्वार्ताका लागि अमेरिकी दूतावासलाई पत्र लेखेको सार्वजनिक भएको थियो ।